दफा ८१
मापदण्ड कार्यान्वयन गर्ने दायित्व
ऐनको दफा ५३ को उपदफा (२) बमोजिम नदी तथा ताल तलैयाको जल गुणस्तर सम्बन्धी मापदण्डको कार्यान्वयन गर्ने वा गराउने र सोको अनुगमन, . नियमन तथा व्यवस्थापन गर्ने दायित्व देहाय बमोजिम हुनेछ:-

(क) एक भन्दा बढी प्रदेशमा अवस्थित नदी, ताल तलैयाको जल गुणस्तर सम्बन्धी मापदण्डको कार्यान्वयन गर्ने वा गराउने र सोको अनुगमन, नियमन तथा व्यवस्थापन गर्ने दायित्व विभागको,

(ख) एक भन्दा बढी स्थानीय तहभित्र अवस्थित ताल तलैयाको जल गुणस्तर सम्बन्धी मापदण्डको कार्यान्वयन गर्ने वा गराउने र सोको अनुगमन,/नियमन तथा व्यवस्थापन गर्ने दायित्व सम्बन्धित प्रदेशको,

(ग) एक स्थानीय: तह भित्र अवस्थित ताल तलैयाको जल गुणस्तर सम्बन्धी मापदण्डको कार्यान्वयन गर्ने वा गराउने र सोको अनुगमन, नियमन तथा व्यवस्थापन गर्ने दायित्व सम्बन्धित स्थानीय तहको ।